देशभर थपिए ३ सय ८२ नयाँ सङ्क्रमित, २४ घन्टामा मृत्युदर शून्य



Download our app to get more features

काठ्माडौं, १७ पुस। नेपालमा थप ३ सय ८२ जनामा काेराेना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ २० हजार ९ सय ५९ काेराेना परीक्षण गरिएको छ। जसमा ५ हजार ७ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४० र १५ हजार ९ सय ५२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय ४३ जनामा काेराेना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

योसंगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २८ हजार ७ सय ७३ र एन्टीजेन विधिबाट ९६ हजार २ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यस्तै गत २४ काेराेनाका कारण मृत्यु हुने सङ्ख्या शून्य रहेको छ भने थप २ सय ५२ जना स्वस्थ्य भएका छन्।

योसंगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख १२ हजार २ सय १० पुगेको छ भने ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ। 

हाल देशभर ४ हजार ९ सय ६९ सक्रिय सङ्क्रमित रहेका छन् ।

Last modified on 2022-01-02 07:40:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts