गत २४ घन्टामा ९ हजार बढी कोरोना परीक्षण गर्दा २ सय ३५ संक्रमित थपिए
काठमाडौं,१६ पुस। नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ९ हजार ८४ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ८ सय ८५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय २४ जना र १ हजार १ सय ९९ एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २८ हजार ४ सय ३१ र एन्टीजेन विधिबाट ९६ हजार २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय १२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ११ हजार ९ सय ५८ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा १ लाख ३९ हजार १ सय ५२ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।