मेडिकल कलेजले बढी शुल्क लिएकोप्रति सात विद्यार्थी संगठनको आपत्ति
काठमाडौं,१६ पुस । चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले बढी शुल्क लिएकोप्रति सात विद्यार्थी संगठनको आपत्ति जनाएका छन् ।
शुक्रबार संगठनले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।
काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको गुनासो आएपछि उनीहरुले आपत्ति जनाएका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ,’चिकित्सा शिक्षाका विद्यार्थीहरूको जायज मागहरूमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं ।’
Last modified on 2021-12-31 16:14:51