एमबीबीएस अध्ययन गरेका विद्यार्थीको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौं,१६ पुस । कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको सचिवालयका अनुसार बिहीबारको मन्त्रिपरिषदमा चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्याको बिषय मन्त्रिपरिषदमा लगिएको हो ।
केहि समय अघिदेखि चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुले नेपालमा नै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
Last modified on 2021-12-31 11:45:36