पारामेडिक्सका विद्यार्थीलाई कुनै एक सम्बन्धित कलेजमा भर्ना लिन आयोगको अनुमति



Download our app to get more features

काठमाडौं,१६ पुस । चिकित्सा शिक्षा आयोगले पारामेडिक्सका विद्यार्थीलाई कुनै एक सम्बन्धित कलेजमा भर्ना लिन अनुमति दिएको छ । 

चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा निकै कम विद्यार्थी मात्र उतीर्ण गरेको भन्दै कतिपय कलेजले पारामेडिक्सका विषय अध्यापन गराउन नसक्ने बताएका थिए।  

आयोगका उपसचिव सेमन्तराज कोइरालाले सूचना जारी गर्दै म्याचिङमा छात्रवृत्तितर्फ विश्वविद्यालयमार्फत भर्ना भएका र न्युन संख्यामा विद्यार्थी भर्ना भई शिक्षण संस्थानमा अध्ययन गर्न असमर्थ भएका विद्यार्थीहरुको व्यवस्थापनका लागि विश्वविद्यालयहरुबाट पेश भएको प्रस्ताव कार्यकारी समितिबाट स्वीकृत भएको  जानकारी दिएका छन् ।

पारामेडिक्सतर्फका विद्यार्थीले छात्रवृत्तिमा नाम निकाले पनि कलेजले भर्ना लिन नमानेपछि आन्दोलन गरेका थिए। कलेजले भर्ना लिन नमानेको भन्दै पीडित विद्यार्थीले संसदीय समितिको ध्यानाकर्षण समेत गराएका थिए। 

Last modified on 2021-12-31 10:47:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts