छिनछिनमा पिसाव लाग्छ ? 



Download our app to get more features

सामान्यतया एक स्वस्थ व्यक्तिले दिनमा ४ देखि ६ पटकसम्म पिसाव फेर्ने गर्छ । तर यस भन्दा धेरै पटक वा तारन्तार पिसाब लागेमा समस्या भएको पनि हुन सक्छ । छिन छिनमा पिसाव लाग्नु आफैमा रोग नभएपनि धेरै प्रकारको रोगको लक्षण भने हुनसक्छ । एउटै कारणले मात्र छिटो–छिटो पिसाब लाग्ने भन्ने हुँदैन । बिरामीमा विभिन्न समस्यामा देखिने यस्तो लक्षण साधारण पनि हुनसक्छ । जुन आफै निको भएर जाने पनि हुन्छ । कहिलेकाहीँ मुख्य लक्षणका रुपमा देखिन्छ । यसरी छिटो–छिटो पिसाब जाने अवस्थालाई फ्रिक्वेन्सी भनिन्छ । 

छिटो छिटो पिसाब लाग्ने समस्या उमेर अनुसार, रोगको प्रकृति अनुसार बच्चा देखि बृद्धसम्म तथा महिला पुरुष दुवैमा फरक–फरक हुन्छ । यो सबै उमेर समूहलाई हुनसक्ने समस्या भएपनि उमेर अनुसार फरक पर्न सक्छ । साधारण समस्यामा पनि पिसाब छिटो छिटो पिसाब लाग्ने समस्या देखिन्छ भने ठूलो रोगको लक्षणको रुपमा पनि समस्या देखा पर्न सक्छ । 

कारण

मृगौला, पिसाबथैली, पिसाब नली आदिमा हुने संक्रमणले छिटो–छिटो पिसाब लाग्ने हुन्छ । सबै संक्रमणका कारण पिसाव छिटो छिटो हुने सम्भावना रहन्छ । रोगकै कारणको रुपमा हेर्र्दा क्षयरोग, पिसावनलीको क्षयरोगमा पनि छिटो छिटो पिसाब लाग्ने  हुन्छ । उमेर अनुसार बृद्धावस्थामा रगत मिसिएको र पिसाबथैलीको संक्रमणका साथै क्यान्सरको पहिलो लक्षण पनि हुनसक्छ । पिसाव थैलीमा ट्युमर भएमा पनि यस्तो समस्या हुने सम्भावना रहन्छ । बृद्धावस्थामा प्रोष्टेडमा कुनै पनि संक्रमण भएमा, पिसाब सँगसँगै रगत आएमा फरक–फरक रोगको संकेत हुनसक्छ । 

कहिलेकाहीँ नशासम्बन्धी रोग लागेर पिसाब थैलीमा समेत असर गरेमा पनि यस्ता लक्षण देखा पर्नसक्छ । जसलाई न्यूरोजेनिक व्ल्याडर भनिन्छ । ढाडमा चोट लागी नशा सम्बन्धी समस्या भएर पिसाब थैलीमा असर गरेमा पनि छिटो छिटो पिसाब आउने सम्भावना रहन्छ ।  

छिटो छिटो पिसाब लाग्ने र धेरै पिसाब लाग्नुमा फरक छुट्टयाउन जरुरी हुन्छ । छिटो छिटो पिसाब लाग्नु भनेको पिसाब फेर्न पटक पटक जाने तर थोरै मात्रामा पिसाब आउने हुन्छ । अर्को सामान्य भन्दा धेरै आउने हुन्छ । यसलाई पोलीयुरीया भनिन्छ । जसको छिटो छिटो पिसाब आउने समस्यासँग कुनै सम्वन्ध रहेको हँुदैन । यो समस्या विशेषगरी मधुमेहको लक्षण हो । 

गर्भवती अवस्थामा पनि छिनछिनमा पिसाब लाग्ने लक्षण देखा पर्नसक्छ, जुन पछि आफै हराएर जान्छ । महिलाहरुमा महिनावारी बन्द भएमा वा बन्द हुने क्रममा रहेका महिलामा संक्रमण भइ छिनछिनमा पिसाब लाग्ने समस्या देखापर्न सक्छ । कहिलेकाहीँ पिसाब थैलीको द्वार साँघुरो हुदै जाँदा पिसाब राम्रोसँग ननिख्रिएर थैलीमै बाँकी रहने हुँदा समस्या देखापर्छ ।  

परीक्षण

साधारणदेखि ठूलो समस्यालाई उमेर अनुसार लक्षणको आधारमा जाँच गर्नुपर्ने हुन्छ । साधारण पिसाबको जाँच, संक्रमण पत्ता लगाउन युरीन कल्चर जस्ता परीक्षण गरिन्छ । यस बाहेक रोगको लक्षण अनुसार अल्ट्रासाउण्ड, सिटीस्क्यान गर्नुपर्ने हुन्छ । जसबाट साधारण संकमणबाट पिसाव थैलीमा संक्रमण भएको अवस्थाका बारेमा थाहा पाउन सकिन्छ । साथै आवश्यक्ता अनुसार सिस्टोस्कोपी गरेर पिसाब थैली वा पिसाब नलीमा जाँच गरिन्छ । 

उपचार

यस्तो समस्यामा पिसाब थैलीको संक्रमण हुने हँुदा प्रशस्त मात्रामा पानी पिएर रोकथाम गर्न सकिन्छ । आवश्यक्ता अनुसार रोगको परीक्षण पछि उपचार प्रकृया अगाडी बढाउनु पर्छ । कहिले काँही शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ तर, धेरै जसो समस्यामा औषधिको सेवनबाट पनि समाधान हुन्छ । 

छिनछिनमा पिसाब लाग्ने समस्या देखिएमा एक पटक युरोलोजिष्टसँग जाँच गराई सल्लाह लिँदा राम्रो हुन्छ । शुरुकै अवस्थामा रोग पत्ता लगाउन सके कुनै ठूलो रोग लाग्ने सम्भावनाबाट बच्न सकिन्छ ।
 

प्रस्तुति: बासुदेव न्यौपाने

Last modified on 2017-01-09 10:54:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

6 Comments

  1. शंकर गिरीon Thu, Nov 02 2017 09:40 AM

    मलाई छिन छिनमा पिसाब आऊँछ मैले धेरै चोटी डक्टर लाई पनि देखाए

  2. Dr. saba ji ma 24 barsako vaya rw ma bivaet hu pahile yasto kahileai hunethina ahile pisab xin xin ma lagxw aadkeko jasto hunxw rw pisab ferisake paxi tallo pet khasla jasto hunxw mero shireman sangai hunuhunxw samvoga gareko 4/5 din paxi yasto vayako xw kin hola please reply give me.

  3. Malai pani paani jati piyo teti nae pisab xitto xitto ra xin xinma lagx. pisab dinma 6 patak vanda badi nae hunx ra long tym samma lagx?.plz yasko lagi k garnu parla?

  4. @Jharana jee : Fist let us know your age , your profession and weight, are you suffering from diabetes? Do you have family history of diabetes and hypertension? How long you are married ? Answer the above question then only we can help you. Thank you.

  5. मलाई पिसाब असाध्यै पोळृछ। अनि महिनावारी पनि नियमित छैन 2.3 महिनाको फरकमा हुन्छ.तल्लो पेट धेरै दुख्छ अनि मलाई एउटा बच्चा चाइएको छ। कृपया केहि उपाय छ कि ?

  6. mero pani yasto samsya vayko 4/5 barsa vayo yasko lagi k garnu parla plz


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts