स्वास्थ्य मन्त्री नै जनस्वास्थ्यप्रति उदासिन

What's This?


Download our app to get more features

काठमाडौं, १५ पुस । मंसिर लागेसँगै नेपालमा जाडो सुरुभएता पनि विगत केहीदिन यता देशभर चिसो बढेको छ ।

देशको उच्च हिमाली क्षेत्रमा हिमपात पर्न थालेको छ । राजधानी उपत्यकामा पनि अत्याधिक जाडो बढेको छ ।

तराइका जिल्लाहरुमा शितलहरको समस्या देखिन थालेको छ । चिसो बढ्ने मौसम नै भएपनि जलवायु परिवर्तनका असर समेत देखिएको चिन्ता बढेको छ ।

विशेषगरी न्यून आय भएका र गरिखाने वर्गका मानिसलाई चिसोको समस्याले बढी प्रताडित बनाएको छ । उमेर समूहमा बृद्ध र बालबालिका बढी समस्या छन् ।

राजधानी उपत्यकामा पनि आवासको व्यवस्था नभएका र सडकमै रात बिताउनेहरुको समस्या कल्पना बाहिर पुगेको छ ।

कोरोना महामारीका कारण बिथोलिएको अर्थतन्त्र र बजारका कारण न्यून आय भएकाहरुलाई न्यानो बातावरण बनाउन कठिनाइ छ । तर उनीहरुका निम्ति सहयोगी मन यसपटक खुलेर देखिएका छैनन् । हुनत बजारको पछि दौडिने मनोवृत्तिका कारण कल्याणी सोंचको बिस्तार हुन सकेको छैन । तर चिसोबाट नागरिक रक्षा गर्नैपर्ने दायित्व भने सरकारले लिनुपर्ने हो ।

देशमा धेरै सरकार भएको आलोचना भइरहेका बेला चिसोबाट नागरिक प्रताडित भएको खबर अझ सरमलाग्दो हो । २०७२ को संविधान बमोजिम मुलुकमा ७६१ सरकार क्रियाशील छन् । संघ, सात प्रदेश र ७५३ सरकारले मुलुकमा शासन गरिरहेका छन् । जनप्रतिनिधि सहित सरकारमा सहभागीको संख्या हजारौं छ । धेरै सरकार निर्माण गर्दा राज्यकोष धेरै खर्च गर्नुपरेको तथ्य छिप्दैन ।

यी सवै सरकारको नेतृत्वसँग स्वास्थ्यमन्त्री समेत जोडिएका छन् । अतः नागरिकका पीडामा मातहतका स्थानिय तह र कर्मचारी लगायतलाई खबरदारी गर्ने दायित्व स्वास्थ्य मन्त्रीको पनि हो । तर यसतर्फ स्वास्थ्य मन्त्रीको ध्यान गएको देखिदैन । स्वास्थ्य मन्त्रीको कुरा गर्ने हो भने चिसोले नागरिकले ज्यान गुमाउनुपर्ने नियति सरमको विषय र राष्ट्रिय लज्जा समेत हो ।

Last modified on 2021-12-31 07:07:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts