भेरी अस्पतालको स्टोरमा सुतेका ४ जना मृत अवस्थामा भेटिए



Download our app to get more features

काठमाडौं,१५ पुस । नेपालगञ्जमा बिहीबार बिहान एकै परिवारका एउटै कोठामा सुतेका सात जनामध्ये चार जनाको निसास्सिएर मृत्यु भएको छ भने तीन जना गम्भीर अवस्थामा भेटिएका छन्।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपूर्ति शाखा हाल नेपालगञ्जमा कार्यालय सहयोगी तथा लोडर प्याकरको रुपमा कार्यरत कालीकोट खांडचक्र-६ निवासी २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित चार जनाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

भेरी अस्पताल परिसरमा रहेको मृतक भट्टराईको क्वाटरको एउटै कोठामा सुतेका सात जनामध्ये चार जना बिहीबार बिहान मृत अवस्थामा भेटिएका छन् भने तीन जना बेहोसी अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्तासमेत रहेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

सो घटनामा परेर मृत्यु हुनेमा मृतक भट्टराईको तीन महिनाको छोरा इप्सन भट्टराई, आमा ४५ वर्षीया कोकीला भट्टराई, २७ वर्षीय दिदी नन्दकली भट्टराई मृत्यु भएको अवस्थामा भेटिएको उनले बताए।

सो घटनामा परेर गम्भीर अवस्थामा रहेकी २४ वर्षीया सुशीला भट्टराई, तीन वर्षीय दिवश भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराईको भेरी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। सुशीला मृतक भट्टराईकी श्रीमती, नरेन्द्र भाइ र दिवश छोरा हुन्।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुरसहितको टिमले अनुसन्धान गर्दा टिनको बाकसमा कोइला बालेर सकिएको अवस्थामा भेटिएको  प्रहरी निरीक्षक घर्तीमगरले बताए। उनले घटनाको अनुसन्धान सुरु गरको जानकारी दिए।

बुधबार बिहानैदेखि परेको झरीका कारण जाडो बढेसँगै कोइला बालेर एकै कोठामा सात जना सुतेकोमा कार्बन मोनोअक्साइड जस्तो ग्याँसका कारण अक्सिजनकाे मात्रा घटन गई श्वासप्रश्वासमा समस्या भई निस्सासिएर मृत्यु भएको हुनसक्ने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिएन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए।

No description available.

Last modified on 2021-12-30 16:01:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts