फाइजर खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नेपालमा कहिले ल्याइँदै छ ?



Download our app to get more features

काठमाडौं,१५ पुस । बालबालिकालाई  लगाइने फाइजर खोप सिरिन्ज अभावले रोकिएको छ । 

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सूरु गरिएको भएपनि सिरिन्ज अभाव भएपछि खोप अभियान नै स्थगित भएको थियो। 

मंगलबारदेखि काठमाडौंसहित ८ जिल्लामा फाइजर खोप लगाउने कार्यतालिका बनाइएको भएपनि सिरिन्ज नहुँदा कार्यक्रम स्थगन भएको थियो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज ६ लाख ६४ हजार ५ सय ६० मात्रा आगामी मंगलबारसम्ममा आइपुग्ने भएको छ।

कोभ्याक्स मार्फत शुन्य दशमलब ३ एमएलको ६ लाख ६४ हजार ५ सय ६० सिरिन्ज आगामी मंगलबारसम्ममा नेपाल ल्याउन लागेको  उनले बताए । 

कोभ्याक्स मार्फत गत शुक्रबार नेपालमा ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आएको थियो । त्यतिबेला नै घोलक र सिरिन्ज नआएका कारण कार्यक्रम केही दिन ढिला हुन पुगेको उनले बताए । 

अबको एकसातामा सिरिन्ज आएपछि बालबालिकाका लागि खोप अभियान पुनस् सुरु हुने डा.मरासिनीको भनाइ छ।

उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन थप खोप तथा सिरिन्ज आयत गर्न प्रक्रिया पनि अगाडि बढाइसकेको बताए । 

Last modified on 2021-12-30 10:31:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts