नुवाकोटको त्रिशुली अस्पताल न्यूनतम सेवा मापदण्डमा ९४ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट
नुवाकोट, १४ पुस । त्रिशुली जिल्ला अस्पताल नेपालकै पहिलो अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई देशैभरिको अस्पतालमा आर्थिक बर्ष २०७८ ७९ लागि पहिलो भएको छ ।
बुधबार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौंडा बागमती प्रदेसले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य बिभागले सो घोषणा गरेको हो । १०० अंकमा त्रिशुली अस्पतालमा ९४ अंक प्राप्त गरेको छ । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो ।
पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुन्छ भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देश भरीका लागि आशा लाग्दो सन्देश रहेको थियो।
त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताए ।
स्वास्थ्य निर्देशनालयले त्रिशुली अस्पतालको विभिन्न पक्षहरुको परिक्षण गरेको थियो । विरामीहरुलाई प्रदान हुने सेवा देखि कर्मचारीहरुको आन्तरिक ब्यवस्थापन, श्रोत वाँडफाँड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा अनुगमन टोलीले जाँच गरेको थियो।
यो नुवाकोटको लागि गौरबको विषय रहेको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । उनको अनुसार मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डे लगायत सम्पुर्ण चिकित्सक ,नर्स तथा अस्पताल स्टाफले गर्दा देशक पहिलो अस्पताल हुन सफल भएको
हो ।
गत बर्षनि ८८ अन्क ल्याएर देशको पहिलो अस्पताल हुन सफल भएको थियो।