नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि ८४ लाख फाइजर खोप ल्याइँदै
काठमाडौं,१२ पुस । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्वको फाइजर खोप लगाउने तयारी गरेको छ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
उनले भने,'बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ। सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको छ।'
यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ।
Last modified on 2021-12-27 10:35:14