गत २४ घन्टामा २ सय ८३ जना स्वस्थ हुँदा २ सय १९ कोरोना संक्रमित थपिए
काठमाडौं,११ पुस। नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १ सय ८० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टीजेन परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २७ हजार २ सय ७१ र एन्टीजेन विधिबाट ९६ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ८३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार ७ सय ८० पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा ७६ हजार ३ सय ३० जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।