स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी नर्स सुब्बाको निधन



Download our app to get more features

काठमाडौं,११ पुस । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ। 

पुस ३ गते स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी उनको शनिबार बिहान निधन भएको हो । 

अस्पतालमा ड्यूटी सकेर घर फर्कने क्रममा ललितपुरको इमाडोलमा उनी दुर्घटनामा परेकी थिइन् । दुर्घटना लगत्तै उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो ।

सुब्बाको स्थायी घर झापा भद्रपुर हो भने उनी प्रसूति गृहको पोष्टअप वार्डमा कार्यरत थिइन्।

Last modified on 2021-12-26 14:40:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts