पुस २४ गते नेपाल जनस्वास्थ्य संघको निर्वाचन हुने
काठमाडौं,९ पुस । नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्वका लागि पुस २४ गते निर्वाचन हुने भएको छ।
संघको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा बसन्त अधिकारी, कृष्णमान शाक्य र महेश्वर श्रेष्ठ रहेका छन् ।
यस्तै उपाध्यक्षमा बिमला भट्ट र सुदर्शन पौडेलको उम्मेदवारी परेको छ। महासचिवमा अनिल सिग्देल, कैलाश खाकी श्रेष्ठ र सागर दाहालको उम्मेदवारी परेको छ भने सचिवमा अनुप खड्का, रोशन लामा र तेजप्रसाद दुलालको उम्मेदवारी परेको छ।
त्यसैगरी सदस्यहरुमा समावेशी तर्फ अम्बिका बानिया, जागृति पौडेल, कुन्जना पाण्डे, मनोज नेपाली, रामबहादुर श्रेष्ठ, रामानन्द पण्डित, रणधीर यादव र शिला शर्माको उम्मेदवारी परेको छ।
खुला सदस्यमा अन्जना खड्का, बसन्त देवकोटा, विजेश बस्नेत, विकेश मल्ल, बिनज्वाला श्रेष्ठ, दयाकृष्ण पन्त, धनप्रसाद पौड्याल, गणेशराज पौडेल, खाकिन्द्र बहादुर भण्डारी, मुकुन्द राज गौतम, नविना मल्ला, प्रतीक खनाल, राधाकृष्ण पौड्याल, सुदिप चिलुवाल र उमेश चन्द्र घिमिरेको उम्मेदवारी परेको छ ।