शुक्रबार ६ लाख ६४ हजार मात्रा फाइजर खोप नेपाल आइपुग्यो 



Download our app to get more features

काठमाडौं,९ पुस । नेपालमा थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार शुक्रबार बिहान कोभ्याक्स सुविधा अन्तर्गत खोप नेपाल आइपुगेको हो । 

सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।

नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।

फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ।

Last modified on 2021-12-25 10:10:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts