हेल्थ असिस्टेन्ट पुष्कर नेपाल सरकारी सेवाबाट बर्खास्त
काठमाडौं, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ असिस्टेन्ट पुष्कर नेपाललाई सरकारी सेवाबाट हटाएको छ।
दक्षिणकाली स्वास्थ्य चौकीमा अधिकृत छैटौं तहका नेपाललाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।
मन्त्रालयले लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको गत २७ मंसिरमा प्राप्त परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०७३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड –ख को १ बमोजिम सेवाबाट हटाएको जनाएको छ।