एकैदिन २ लाख बढीले लगाए कोरोनाविरुद्वको खोप,थप २ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं,८ पुस। नेपालमा कोरोना भाइरसका कारण थप  २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ११ हजार ६ सय २६ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ५ सय १० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परीक्षण गर्दा ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ६ सय ६४ र एन्टीजेन विधिबाट ९६ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ६३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार ९ सय २२ पुगेको छ ।

त्यसैगरी गत २४ घण्टामा २ लाख ८२ हजार ६ सय ४१ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । 

Last modified on 2021-12-24 10:37:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts