डिएम/एमसिएच/एनबिएमएसको नतिजा प्रकाशित, पुस १६ गतेसम्म भर्नाको मिति तोकियो



Download our app to get more features

काठमाडौं, ८ पुस । चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा प्रकाशन गरेको छ ।

आयोगले मंसिर १८ गते लिएको डिएम/एमसिएच/एनबिएमएसका विभिन्न शैक्षिक कार्यक्रमका सिटहरुको लागि भर्ना पनि खुलाएको छ ।

सूचनामा भनिएको छ, 'आयोगमा उपस्थित भएर योग्यताक्रममा रहेका उम्मेदवारहरुले छनौट गरेका शिक्षण संस्था शैक्षिक कार्यक्रमका आधारमा ओपन हाउस म्याचिंगको भर्ना सूची प्रकाशन गरिएको हो ।'

भर्नाका लागि पुस ८ देखि १६ गतेसम्म समय तोकिएको छ ।

नतिजासहितः

Last modified on 2021-12-23 16:17:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts