नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि, स्वास्थ्यकर्मीको निगरानीमा राखियो



Download our app to get more features

काठमाडौं, ७ पुस । नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार २२ वटा जिन सिक्वेन्सिङ गर्दा एक जनामा ओमिक्रोन र अन्य २१ जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्रले ओमिक्रोन पुष्टि भएका ती व्यक्ति ९८ वर्षका रहेको बताइन् । 

उनी हाल स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा.मिश्रले बताइन् । 

ती व्यक्ति नेपाली नै रहेको र उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको पनि उनले जानकारी दिइन् ।

Last modified on 2021-12-23 10:19:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts