डब्लुएचओले स्विकृत दिए पुसको अन्तिमबाट बुस्टर डोज लगाउँछौं : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं,७ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले डब्लुएचओले स्विकृत दिएमा पुसको अन्तिमबाट कोरोना बिरुद्धको खोपको बुस्टर डोज लगाउने बताएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यहि महिनाको अन्तिमबाट बुष्टर डोज खोप दिन नेपाल सरकार तयार रहेको बताएका हुन् ।