सामुदायिक अस्पतालमा अक्षयकोष स्थापना
काठमाडौं, ७ पुस । ‘आपसी सहयोग, सद्भाव र एकता,सामाजिक सेवामा हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ १९ असोज २०७५ मा सजन लौडारीको अध्यक्षतामा गठन भएको नवलपरासी सेवा समाज कतारले नवलपरासी जिल्लाका तीन बिद्यालय र एउटा सामुदायिक अस्पताललको सहयोगार्थ प्रत्येकमा एक एक लाख बराबरको अक्षयकोष स्थापना गरेको छ।
सुनवल नगरपालिका, वडा नं. ०५ बनकट्टीस्थित श्री भगवती मा. बि., सुस्ता गाउँपालिका, वडा नं. ५ पक्लिहवास्थित श्री दिपक मा. बि., बर्दघाट नगरपालिका, वडा नं. ०६ बेतहानीस्थित श्री राष्ट्रिय मा. बि. र बर्दघाट नगरपालिका वडा. नं. १४ चौपत्तास्थित जिल्ला कै एकमात्र सामुदायिक अस्पताल श्री शहिद स्मृति सामुदायिक अस्पतालमा अति गरिब तथा बिपन्न परिवारका सदस्यहरुले लाभ लिन सक्ने गरि अक्षयकोष स्थापना गरिएको समन्वयकर्ता, पूर्व शिक्षिका तथा स्थानीय समाजसेवी देवी पौडेलले जानकारी दिइन् ।
उक्त अक्षयकोष स्थापना कार्यक्रम नवलपरासी सेवा समाज कतारका कोषाध्यक्ष गिरिराज पाठकको संयोजकत्वमा गठित उपसमितिले गरेको हो । कार्यक्रममा उक्त उपसमितिका समन्वयकर्ता देवी पौडेल, सल्लाहकार मोहन कार्की, राम प्रसाद पन्थी, तारा देवी हमाल, दिक्षा खांण सेन , रति वराइली, मिना राना खरेल लगायतको उपस्थिति रहेको थियो ।
चार स्थानमा एकैदिन सोमबार भएको कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार मोहन कार्कीले संस्था स्थापनाको उद्धेश्य र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमै नवलपरासी जिल्लाबासीहरुलाई समेटेर अन्तर्राष्ट्रिय समन्वय समिति बनाउने र जिल्लाको समग्र बिकाशमा सहयोग गर्ने उद्धेश्य रहेको उल्लेख गरेका थिए ।
उक्त कार्यक्रममा भर्चुअल माध्यमद्वारा उपस्थित संस्थाका अध्यक्ष सजन लौडारी, प्रथम उपाध्यक्ष अमित बराइली, द्वितीय उपाध्यक्ष कृष्ण पन्थी, महासचिव दुर्गा हमाल, सचिव सुरज कुँवर, कोषाध्यक्ष गिरीराज पाठक, सह कोषाध्यक्ष नर बहादुर थापा, सदस्यहरू बासुदेव पाण्डे, रमेश पुरी, बिण्णु बहादुर शाही, रामजी सुवेदी, परशुराम पाठक, जित बहादुर गुरूङ, सन्ध्या अर्याल, जिता कुमारी गुरूङ, सद्दाम हुसेन, संरक्षक के. बि. हमाल, प्रमुख सल्लाहकार दिपक सेन, सल्लाहकारहरू मोहन कार्की क्षेत्री, प्रेम प्रसाद पौडेल, कमल खरेल, गोपाल थापा, केश बहादुर गुरूङ, भिम प्रसाद चापागाईं, बोध राज दाहाललगायत उक्त संस्थामा जोडिएका सम्पुर्ण सदस्यहरुले जिल्लामा भैपरि आउने दैवी प्रकोप तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अविच्छिन्न रहने प्रतिवद्धता जनाएका थिए।