बाजुरामा गैरकानुनी रुपमा सञ्चालित ४ मेडिकल शिल



Download our app to get more features

बाजुरा, ६ पुस ।  बाजुरामा गैरकानुनी रुपमा चलेका ४ वटा मेडिकल शिल गरिएको छ।

 जिल्लाको उत्तरी क्षेत्रमा रहेका ती मेडिकलहरुलाई औषधि व्यवस्था विभागले शिल गरेको हो। 

कोल्टीमा रहेको नविन मेडिकल, विशाल आयुर्वेद औषधि पसल, पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ क्लिनीक शिल गरेको बताइएको छ।

औषधि व्यवस्था विभागका शाखा अधिकृत धनबहादुर बोहराको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा गैरकानुनी रुपमा संचालन भएका मेडिकलहरु भेटिएपछि शिल गरेको हो।

Last modified on 2021-12-21 15:42:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts