चिसोमा छालाको हेरचार कसरी गर्ने ? यसो भन्छन् डा.अनिल भट्ट



Download our app to get more features

चिसो मौसम सुरु भएसँगै छाला फुट्ने, छाला सुक्खा हुने, छाला चिलाउने जस्ता समस्या अधिकांशलाई देखिने गर्छ । पानीको मात्रा शरीरमा कम हुने र शरीरमा भएको मुलायमपना कम हुँदै जादा अन्य छालासँग सम्बन्धित समस्या पनि देखिने गर्छ । त्यसकारण यो समयमा गर्मीको भन्दा बढी छालाको हेरचाह गर्नुपर्छ ।

छाला तथा सौन्दर्य विशेषज्ञ डा.अनिल भट्टका अनुसार चिसो समयमा धेरै छाला सुख्खा हुने समस्याहरु देखिने गर्दछ । सँगै चिसोको मौसममा छालामा एलर्जी हुने, छालामा देखिने कत्ले रोग बढ्ने, बालबालिकामा एम्टोपीक ड्रमोटाइटिस बढ्ने गर्दछ । चिसोमा धेरै घाममा बस्ने हुँदा अनुहारमा देखिएको चायाँपोतो बढ्ने पनि हुन्छ । 

चीसो समयमा बाहिरको हुम्युट निकै कम हुने र त्यसले हाम्रो शरीरको मइसरलाई लाने हुँदा छाला सुख्खा हुने उनी बताउछन् । छाला सुख्खा भएमा चिलाउने,छालामा एलर्जी हुने,खटिरा आउने गर्दछ । 

चिसोमा छालाको कसरी हेरचार गर्ने ?
चिसोमा मोइस्चराइजरको प्रयोग धेरै गर्नुपर्दछ । शरीरको धेरै बाहिर देखिने भागहरुमा मोइस्चराइजर लगाउनु पर्दछ । 

चिसोको समयमा चिसो पानीले वा धेरै तातो पानीले नुहाउनु हुँदैन । ठिक्कको मनतातो पानीले नुहाउनु पर्दछ । ३० देखि ३५ डिग्री तातो पानीले नुहाउँदा राम्रो हुन्छ । 

विशेषगरी नुहाएपछि मोइस्चराइजर अनिवार्य रुपमा शरीरमा लगाउनु पर्दछ । हाम्रो हातको छालालाई राम्रो राख्न हातधुने वित्तिकै मोइस्चराइजर लगाउने गर्नुपर्दछ । 

यो समयमा साबुन वा स्याम्पुहरुले नुहाउदा धेरै समय राख्नु हुँदैन । त्यसले हाम्रो शरीरको छाला झन फुस्रो बनाउने गर्दछ । त्यसैले चिसोमा बडी वासहरुले नुहाउने गनुपर्दछ । 

कतिपयको यो समयमा मोइस्चराइजर वा लोसन लगाउदा पनि छाला छिट्टै फुस्रो देखिने हुनसक्छ । त्यस्तो समस्या धेरै मोइस्चराइजर प्रयोग नगरेका वा छाला सुख्खा हुने समस्या भएकाहरुलाई देखिने गर्दछ । 

चिसोमा कस्ता क्रिमको प्रयोग गर्ने ?
चिसो समयमा छालालाई राम्रो राख्न ग्लिसिरिनको प्रयोग धेरै राम्रो हो । धेरै छाला सुक्खा हुने समस्यालाई ग्लिसिरिनले कम गर्दछ ।

त्योसँगै मोइस्चराइजरयुक्त लोसन वा क्रिमहरुको प्रयोग गर्नुपर्दछ । नरिवलको तेलले पनि छालालाई राम्रो राख्न मद्दत पुर्याउछ । सिरामाइट भएको क्रिमहरु प्रयोग गर्दा छालाहरुमा देखिने समस्या कम हुन्छ । 

धेरै सुख्खा छाला भएकाहरुले यस्ता खालका क्रिमहरुको प्रयोग धेरै मात्रामा गर्नुपर्ने हुन्छ । 

छाला राम्रो राख्ने घरेलु उपायहरु के हुन् ?
चिसोमा छालालाई राम्रो राख्ने घरेलु उपायमध्येमा घ्यूको प्रयोग एक हो । हामिले घ्यूको प्रयोगबाट पनि छाला फुट्नबाट रोक्न सक्छौ । 

त्यस्तै नरिवलको तेल, सनफ्लावर तेलको प्रयोग गर्दा पनि छाला फुट्नबाट बचाउन सकिन्छ । 

आफ्नो छालाको पहिचान कसरी गर्ने ?
अनुहारको छाला कस्तो छ भनेर थाहा पाउन हामिले विभिन्न चेक जाँचहरु पनि गर्ने गर्दछौ । हामीले हेर्ने वित्तिकै पनि कस्तो छाला हो भनेर थाहा पाउन सकिन्छ ।

घरमा नै बसेर आफ्नो छालाको बारेमा थाहाँ पाउन बिहान उठेर मुख धुने वित्तिकै अनुहारमा केहि नलगाई छाला छुने हो भने थाहाँ पाउन सकिन्छ । 

यदि मोइस्चराइजर प्रयोग गर्दागर्दै पनि छाला धेरै फुस्रो देखिएमा त्यो फुस्रो खालको छाला हो । कतिपयको छाला केही मात्रा फुस्रो र केही मात्रा ओइली हुने खालको पनि हुन्छ ।

Last modified on 2021-12-21 15:41:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts