देशभर २ सय ६३ जना स्वस्थ हुँदा २ सय २० संक्रमित थपिए
काठमाडौं,५ पुस। नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ४ हजार १ सय ४१ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ७ सय २५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २५ हजार ९ सय ५४ र एन्टीजेन विधिबाट ९५ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ६३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार १ सय ५५ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ८६ हजार ५ सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।