लुम्बिनीमा सोमबारदेखि बालबालिकालाई मोडर्ना खोप लगाइँदै



Download our app to get more features

काठमाडौं,५ पुष । लुम्बिनी प्रदेशका ९ जिल्लामा आज (सोमबार) देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । 

प्रदेशमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको मोर्डना खोप अभियान अनुरुप नै पुस १४ गतेसम्म प्रदेशमा खोप अभियान सञ्चालन हुनेछ । 

लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts