फार्मेसी परिषदले लिएको १८ औँ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं, ५ पुस । नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीको नतिजा सार्वजनिक गरेको छ ।
ब्याचलर इन फार्मेसीमा २० प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षाका लागि डिप्लोमा इन फार्मेसीमा १ हजार १ सय ३५ जना र ब्याचलर इन फार्मेसीमा ५ सय ७६ जनाले फारम भरेका थिए ।
परीक्षामा अनुत्तीर्ण हुने अधिकांश विद्यार्थी नयाँभन्दा पनि पुराना रहेको परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले बताए ।
परीक्षाको नतिजाले विद्यार्थीको पढाई र फार्मेसी शिक्षाको स्तर र गुणस्तरमाथि प्रश्न उठेको उनले बताए ।
Last modified on 2021-12-20 16:24:50