एमालेको उद्योग, वाणिज्य विभाग उपप्रमुखमा बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईं
काठमाडौं, ५ पुस । झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंलाई नेकपा एमालेको उद्योग वाणिज्य विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
पुस २ गते भक्तपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले उनलाई उद्योग, वाणिज्य विभागको उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रसाईंलाई झापाबाट एमाले महाधिवेशनमा प्रतिनिधि छनोट गरिएको थियो ।
माओवादी निकट मानिने प्रसाईंलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाबाट पार्टी प्रवेश गराएका थिए । ओली सत्तामा पुगेपछि उनी ओलीसँग नजिकिएका हुन् ।
ओली सत्तामा रहँदा बी एण्ड सी मेडिकल कलेजलाई जबरजस्ती सम्बन्ध दिलाउन खोजेका थिए । तर, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको अवरोधका कारण सम्बन्ध दिलाउन सकेनन् ।