शिक्षकलाई कोरोना लागेपछि विद्यालय बन्द



Download our app to get more features

धनकुटा, ३ पुस । धनकुटाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माविका एक शिक्षकमा कोभिड १९ को संक्रमण भएपछि एक हप्तालाई विद्यालय बन्द गरिएको छ।

विद्यालयमा कार्यरत ती शिक्षकलाई कोभिड १९ को संक्रमण आशंकापछि १० गतेसम्म विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ।

ती शिक्षकलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको थियो। कोभिड १९ परीक्षण गर्दा पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए।

कोभिड १९ पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेशनमा रहेका छन्। अन्य २ शिक्षकमा कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए।

कोभिड १९ संक्रमण देखिएका शिक्षकमा कोभिडको नयाँ भेरियन्ट नभएको हुनसक्ने बताइएको छ। विगत केही दिनदेखि ती शिक्षक घर र विद्यालय मात्रै गरेका कारणले नयाँ भेरियन्ट नहुन सक्ने प्रधानाध्यापक रिमालको अनुमान छ।

१० गतेपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहेमा पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए।

यता पाख्रिबास नगरपालिकाले कोभिड १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts