काठमाडौँको तापक्रम २.६ डिग्रीमा झर्‍यो



Download our app to get more features

काठमाडौं, ३ पुस ।काठमाडौँ उपत्यकासहित देशभरकै तापक्रम निरन्तर घट्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको तापक्रम शनिबार तीन डिग्री सेल्सियसभन्दा पनि कम मापन भएको छ।

उपत्यकासहित देशभर चिसो बढेको छ। उपत्यकाको तापक्रम आज शनिबार २ डिग्री सेल्सियसमा झरेको छ। बिहान पौने ९ बजे उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यति कम तापमक्रम यसवर्षकै कम मापन भएको पनि महाशाखाले जनाएको छ। यसअघि बिहान पौने ६ बजे ३ दशमलव ३ डिग्री सेल्सियस मापन भएको थियो।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज दिनभर मौसम सफा रहने भएकाले तापक्रम झन् घट्न सक्ने जानकारी दिइन्।

महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्‍भावना छ। उच्च पहाडी तथा हिमाली अधिकांश जिल्लाहरूको  तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts