६७ मुलुकबाट नेपाल भित्रिने नागरिकलाई अनिवार्य ७ दिन क्वारेन्टाइन बस्नुपर्ने



Download our app to get more features

काठमाडौं, ३ पुस । सरकारले ६७ मुलुकबाट नेपाल भित्रिने नागरिकलाई अनिवार्य ७ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै दक्षिण एसियाली मुलुकसहित विश्वका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने बताएको छ ।   

१३ मंसिरको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसै आधारमा अध्यागमनले ती देशको सूची बनाएको हो । होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्नेछ । 

परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने सूचनामा उल्लेख छ । छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताए । 

अध्यागमनको सूचीमा अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्स छन् । प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ । 

Last modified on 2021-12-18 10:32:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts