देशभर १ सय ८४ जनामा कोरोना संक्रमण, २ सय ६७ जना निको 



Download our app to get more features

काठमाडौं, १ पुस । पछिल्लो २४ घण्टामा देशभर १ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ। हाल ९६ जना क्वारेन्टाइनमा छन्। १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर २ लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Last modified on 2021-12-17 15:07:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts