नेपालमा कोरोनाविरुद्धको खोप अभियान : मंसिरमै लगाए ४४ लाखभन्दा बढीले खोप
काठमाडौं,१ पुस । नेपालमा मंसिर महिनामा मात्र ४४ लाख ६० हजार ९ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने मंसिर महिनाको मंसिर २३ र २४ गते ३ लाख भन्दा बढीले खोप लगाएका छन् । त्यसबाहेकका प्राय दिनहरुमा पनि १ देखि २ लाखको संख्याले खोप लगाएका छन् ।
नेपाल सरकारले मंसिर महिनामा विभिन्नन स्थानहरुमा खोपकेन्द्रहरु सञ्चालन गरेर कोरोनाविरुद्धको खोप अभियानलाई तिब्र बनाएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कुल जनसंख्यामध्ये २ करोड ९ लाख ९५ हजार ५ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यसमध्ये खोपको पहिलो मात्रा १ करोड १६ लाख २९ हजार ६ सय २१ जनाले लगाएका छन् भने दोस्रो मात्रा ९३ लाख ६५ हजार ९ सय १५ जनाले लगाएका छन् ।
के थियो सरकारको लक्ष्य ?
सरकारले आगामी पुस मसान्तभित्र नेपालको खोप लक्षित समूहमध्ये दुई तिहाइलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो ।
त्यस्तै आगामी वैशाख मसान्तभित्र सबै लक्षित समूहलाई खोप उपलब्ध गराइसक्ने बताइएको थियो ।
त्यसै अनुसार मन्त्रालयले आफ्ना मातहतका निकायहरूलाई खोप अभियान तीव्र पार्न निर्देशन दिएको थियो भने गर्भवती भएको तीन महिना पछिका महिलाहरूलाई पनि कोरोनाविरुद्धको खोप दिँदै आएको थियो ।
त्यसअघि सरकारले उच्च जोखिममा रहेका गर्भवतीहरूलाई मात्र खोप दिँदै आएको थियो ।
मंसिर महिनामा कुन दिन कतिले लगाए खोप