टोखामा ‘मेयर दीर्घायु कार्यक्रम'
काठमाडौं, १ पुस । काठमाडौंको टोखा नगरपालिकामा मेयर दीर्घायु कार्यक्रम शुभारम्भ गरिएको छ ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यले टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा मेयर दीर्घायु कार्यक्रम सुरुआत् गरिएको हो ।
म स्वस्थ मेरो टोखा नगर स्वस्थ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रमको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे ।
शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा रहेका अशक्त ५० वर्ष माथिका अपांगता भएका, घाइते, द्वन्द्वपीडित, असाहय, लोपोन्मुख, अति विपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
Last modified on 2021-12-16 14:27:49