गत २४ घन्टामा २ सय ८० जनामा कोरोना पुष्टि,थप ६ जनाको मृत्यु
काठमाडौं,२७ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ११ हजार ९ सय ९४ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार २ सय १२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५२ जना र २ हजार ७ सय ८२ एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २५ हजार १६ र एन्टीजेन विधिबाट ९५ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७ हजार ७ सय ७७ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर २ हजार ५ सय २३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।