एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं,२८ मंसिर । एमालेका उप महासचिव तथा पूर्व पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

ज्ञवालीले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्,'कोरोना पोजेटिभ आएको छ। सामान्य लक्षण देखिएको छ । ४/५ दिनअघिसम्म मसँग नजिक रहनुभएको सबैलाई सतर्कता अपनाउनु हुन, सुरक्षित रहन र लक्षण देखिएमा जाँच गर्नुहुन अनुरोध गर्दछु,।'

Last modified on 2021-12-15 09:48:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts