ललितपुर महानगरमा पौष ५ गतेसम्म फाइजरको दोस्रो डोज लगाइँदै



Download our app to get more features

काठमाडौं,२८ मंसिर ।  ललितपुर महानगरपालिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ ।

मंगलबार महानगरले एक सूचना जारी गर्दै कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरेको जनाएको हो ।

सूचनामा खोप  पाटन अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सकिने बताइएको छ । 

मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको कार्ड लिएर जान महानगरले आग्रह गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts