डा. पाण्डेको ‘टेक्स्ट बुक अफ अर्थोपेडिक्स’ पुस्तक विमोचन
काठमाडौं,२८ मंसिर । वरिष्ठ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक सुरेश पाण्डेले ‘टेक्स्ट बुक अफ अर्थोपेडिक्स’ पुस्तक ल्याएका छन् ।
उनले लेखेको टेक्स्ट बुक अफ अर्थोपेडिक्स नामक पुस्तक सोमबार भरतपुरमा विमोचन गरिएको छ । उक्त पुस्तक हाडजोर्नी सम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित छ ।
लेखक डाक्टर पाण्डेले यो टेक्स्ट बुक नेपाली चिकित्सकबाट लेखिएको पहिलो पुस्तक भएको बताए ।
‘करिब ६ वर्षको निरन्तर प्रयासपछि बल्ल यो पुस्तक प्रकाशनमा ल्याउन सफल भएँ,’ लेखक प्रा.डा. पाण्डेले भने, ‘एमबिबिएस तथाअर्थोपेडिक्स सर्जरीका विद्यार्थीलाई अध्ययन र अध्यापन दुबै कार्यका लागि यो उपयोगी हुनेछ।’
नेपाल अर्थोपेडिक एसोसियसन चितवन शाखाको अध्यक्षसमेत रहेका लेखक पाण्डे करिब १५ वर्षदेखि चितवनलाई कर्मथलो बनाई अध्यापन र बिरामीको सेवामा सकृय छन् ।
उनी हाल भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस र चितवन हस्पिटलको अर्थोपेडिक विभागमा कार्यरत छन् ।