गत २४ घन्टामा १३ हजार बढी कोरोना परीक्षण गर्दा ३ सय ४१ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं,२७ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १३ हजार २ सय ३६ कोरोना परीक्षण गरिएको छ । जसमा १० हजार ४ सय १६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय १३ जना र २ हजार ८ सय २० एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २४ हजार ५ सय ३५ र एन्टीजेन विधिबाट ९५ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ७६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख  ७ हजार १ सय १५ पुगेको छ ।

त्यसैगरी गत २४ घन्टामा देशभर  १ लाख ८७ हजार ६ सय ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2021-12-14 06:19:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts