कोरोना बीमामा देखिएको समस्या समाधानको बिषयमा गृहकार्य भइरहेको छ : अर्थमन्त्री शर्मा
काठमाडौं,२७ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी सम्बन्धी समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन् ।
सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमामा देखिएको समस्याबारे गृहकार्य भइरहेको बताएका हुन् ।
उनले बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको र समस्या समाधान गर्न गृहकार्य भइरहेको जानकारी दिदै यसलाई चाँडै निचोडमा पुर्याउने बताए ।
त्यस्तै शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको पनि बताए ।
Last modified on 2021-12-14 06:19:02