सोमबार सांसदहरुको कोरोना परीक्षण गरिदैं



Download our app to get more features

काठमाडौं,२७ मंसिर । सोमबार सांसदहरुको कोरोना परीक्षण गरिदैं छ । मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोभिड १९ को एन्टिजेन परीक्षण गराउन लागिएको हो । 

आइतबार संसद सचिवालयले  एक सूचना जारी गर्दै प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरुको एन्टीजेन परीक्षण  गराउन आह्वान गरेका थियो । 

संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्ध्ति महाशाखाकाका कर्मचारीहरु,मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुनेछ ।

एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts