देशभर २ सय ३४ जना स्वस्थ हुँदा २ सय ५४ कोरोना संक्रमित थपिए
काठमाडौं,२६ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ८ हजार ६ सय ८२ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार २ सय ६८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ४ सय १४ एन्टीजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २४ हजार २ सय २२ र एन्टीजेन विधिबाट ९५ हजार ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ३४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार ७ सय ७८ सय पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ६९ हजार ५ सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।