कालिकोटको आयुर्वेद स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा निशुल्क



Download our app to get more features

कालिकोट,२६ मंसिर । आयुर्वेद  स्वास्थ्य केन्द्र कालिकोटमा एक महिना अघिबाट भिडियो एक्सरे सेवा निस्शुल्क दिइएको छ । 

एकातिर विद्युतको अभावले कालिकोटमा रहेका अस्पताल, स्वास्थ्य सेवा केन्द्र, प्राइवेट मेडिकलतिर रहेका स्वास्थ्य सामग्रीहरुले काम गर्न नसक्दा सेवाग्राहीहरुले मर्का खेप्नु परेको छ भने एकातिर चक्रो शुल्क, भनेको समयमा सेवा लिन नपाउनुलगायतका स्वास्थ्य समस्याले यहाँका नागरिकहरुले पीडा भोग्नु परेको छ । 

कालिकोटमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिकहरुका समस्यालाई मध्यनजर गदै भिडियो एक्सरे सेवालगायत आयुर्वेदबाट दिइने सेवाहरु निशुल्क दिँदै आएको छ । 

सानादेखि ठुला सवै नागरिकहरुलाई स्थानीय जडिवुटिवाट उत्पादित औषधिको माध्यमबाट उपचार गरिरहेकोे केन्द्रले विभिन्न रोगको सफल उपचार गर्ने बताउदै कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा पाइने जडिबुटीबाट औषधि उत्पादन गरी निशुल्क सेवा दिदै आएको केन्द्रका वरिष्ठ वैद्य लक्ष्मी प्रसाद पाण्डेले बताए ।

कालीकोट जिल्लाका  नगरपालिका र गाउँपालिकामा पाइने अमला, बकाइनो, हर्रो, बर्रो, गुर्जो, जामुन, कुरिल्लोजस्ता विभिन्न जडिवुटीहरु संकलन गरि बिभिन्न रोगको उपचार गर्ने लक्ष राखिएको बैद्य पाण्डेले बताए ।  

स्थानीयस्तपमा पाइने विभिन्न किसिमका जडिवुटीहरु संकलन गरि औषधि उत्पादन गर्नका लागि स्थानीय तहसंग सहकार्य गदै आयुर्वेदिक औषधिहरु  उत्पादन गरी निशुल्क  सेवा गरिरहेको कार्यालय प्रमुख बिरेन्द्र बहादुर केसीले बताए । 

उनले अहिले आयुर्वेद केन्द्रमा स्नेहन स्वयधन, आमा कार्यक्रम, जेष्ट नागरिक प्रर्वद्धन कार्यक्रम, औषधि निर्माण सेवा, विरामी भर्ना सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम लगाएतका विभिन्न कार्यक्रमहरु निस्शुल्क संचालन गरेको बताउदै नागरिकहरुलाई आयुर्वेद सेवा लिन समेत आग्रह गरे । 

खाँडाचक्र नगरपालिका ५ मा दाडिमबोर्ड आयुवेद्र औषधालय, रास्कोट नगरपालिकामा रास्कोट आयुर्वेद औषधालय संचालनमा रहेको कार्यालय प्रमुख केसीले जानकारी दिए ।

गाउँ घरमा आर्थिक अभाव र चेतनाको कमीले धेरै नागरिकहरु औषधि उपचारवाट वन्चित रहेको बेला आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सेवा निशुल्क गरेको प्रमुख केसीले बताए । 

जुनसुकै विरामीका लागि भिडियो एक्सरे सेवा, वाथ रोगिहरुको लागि जुनसुकै बेला स्टीम बाथ लगायत आयुर्वेद औषधिहरु कार्यालय समयमा भर्ना भए निस्शुल्क रुपमा वितरण गरिने केन्द्रका डा.नवराज बोहराले बताए ।  

आयुवेद्र सेवा प्रभावकारी गराउनका लागि कालिकोटका नागरिकहरुलाई जुनसुकै बेला पनि सहज वातावरण गराउन कार्यालय कर्मचारीहरु अग्रसर रहेको डा.बोहराको भनाइ छ ।  

आयुर्वेद औषधालयमा विभिन्न किसिमका औषधि उपचार हुने भएपछि कालिकोटका नागरिकहरु हर्षित देखिएका छन् । आयुर्वेद औषधिको महत्व बझुेका नागरिकहरुले सेवा लिए पनि अन्य नागरिकहरु जस्ले आयुर्वेदको महत्व थाहा नपाएकै कारण सेवा लिनेको संख्यामा भने कमी देखिन्छ । 

नयाँ व्यवस्थापनका साथ आयुर्वेद औषधिहरु निस्शुल्क पाइने भएपछि यहाँका स्थानीयहरुले जुम्ला, सुर्खेत, नेपालगंजजस्ता शहरमा गएर आयुर्वेद औषधि किनेर खानु पर्ने दिन गएको शुभकालिका गाउँपालिका वडा नं.३ का स्थानीय मुस्कान अधिकारीले बताए । 

मुस्कान मात्रै हैनन् खाँडाचक्र नगरपालिका वडा नं. ५ की फुलमाया चौलागाईंले ढाड दुख्ने, दमको समस्या, कपाल दुख्ने लगायतका रोगका कारण असहज भएकोमा अहिले आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि  दिन थालेपछि र दक्ष डाक्टरको साथ पाएपछि आफुलाई सहज भएको बताइन् ।

जुनसुकै विरामीका लागि कालिकोटमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिकहरुलाई निशुल्क  सेवा दिने बताएको छ । केन्द्रले कालिकोटका स्थानीय तहसंग समन्वय गरी आयुर्वेद औषधिका लागि जडिवुटीहरु संकलन गर्ने कामसमेत गरिरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts