नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजारभन्दा कम, २४ घन्टामा ३ सय ७ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २५ मंसिर । नेपालमा पछिल्लो समय कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्याले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजारभन्दा तल झरेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८३ रहेको छ ।

यस्तै गत २४ घन्टामा थप २ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९ हजार १ सय ७८ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार ६ सय ७२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १ सय ९४ र ३ हजार ५ सय ६ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर आरटी पिसिआर विधिबाट ८ लाख २३ हजार ९ सय ८० जना र एन्टिजेन विधिबाट ९५ हजार ७ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ७ जना स्वस्थ भएका छन् । योसँगै देशभर कोरोना संक्रमणपछि निको हुनेको संख्या ८ लाख ६ हजार ५ सय ५५ पुगेको छ । 

गत २४ घन्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५३ पुगेको छ ।

Last modified on 2021-12-12 07:04:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts