शितलहरबाट सप्तरीमा ५० हजार व्यक्ति प्रभावित हुनसक्ने



Download our app to get more features

सप्तरी,  २६ मंसिर । सप्तरीमा यस वर्ष  शितलहरबाट ५० हजार व्यक्ति प्रभावित हुनसक्ने अनुमान गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयार पारेको  ‘शितलहर आकस्मिक योजना २०७८’ अनुसार हिउँदोको मंसिर महिनादेखि फागुनसम्म ५ हजार विपन्न परिवारका ५० हजार व्यक्तिहरु प्रभावित हुनसक्ने अनुमान गरिएको हो ।

समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिकामा १ हजार ५० परिवारका १० हजार ५ सय व्यक्ति प्रभावित हुनसक्नेछन् भने सबैभन्दा कम रुपनी गाउँपालिकामा ५० परिवारका ५ सय व्यक्ति शितलहरबाट प्रभावित हुनसक्ने योजनामा समेटिएको छ । 

यसैगरी तिलाठी कोइलाडी गाउँपालिकामा ४५० परिवारका ४ हजार ५ सय, छिन्नमस्ता गाउँपालिकामा ३७५ परिवारका ३ हजार ७५०, तिरहुत गाउँपालिकामा ३५० परिवारका ३ हजार ५ सय, राजगढ गाउँपालिकामा पनि ३५० परिवारका ३ हजार ५ सय व्यक्ति प्रभावित हुनसक्नेछन् ।

डाकनेश्वर नगरपालिकामा ३५० परिवारका ३ हजार ७५०, कंचनरुप नगरपालिका र बलान विहुल तथा महादेवा गाउँपालिकामा २५०र२५० परिवारका २५००/२५०० व्यक्ति प्रभावित हुनसक्नेछन् ।

यसैगरी सदरमुकाम राजविराज र खडक नगरपालिमा २००/२०० परिवारका २/२ हजार, छिन्नमस्ता गाउँपालिकामा १७५ परिवारका १ हजार ७५० व्यक्ति प्रभावित हुनसक्ने योजनामा समेटिएको छ ।

योजना अनुसार सप्तकोशी, सुरुङ्गा र बोदे बरसाइन नगरपालिका तथा विष्णुपुर गाउँपालिकामा १५० परिवारका १५००र१५०० र शम्भुनाथ नगरपालिकामा १ सय परिवारका ५ सय व्यक्ति शितलहरबाट प्रभावित हुनसक्नेछन् ।

शिलतहरबाट सर्वसाधारणलाई जोगाउनका लागि सबै स्थानीय तह र सरोकारवालाहरुसँग समन्वय गरेर पहिले नै न्यानो कपडा, इन्धन, दाउरा वितरण गर्ने, एफएमहरुबाट जनचेतनामूलक सामग्री प्रसारण गर्ने, शितलहर पूर्वतयारी कार्यशाला सञ्चालन गर्ने गराउने लगायतका कार्यहरु गर्ने योजनामा समेटिएको छ ।

Last modified on 2021-12-12 07:05:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts