देशभर ३ सय ३७ जना स्वस्थ हुँदा २ सय ५९ जना कोरोना संक्रमित थपिए
काठमाडौं,२४ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५२ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १० हजार ४ सय ८७ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ४ सय ७२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ३२ जना र ४ हजार १५ एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २३ हजार ७ सय ८६ र एन्टीजेन विधिबाट ९५ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ३७ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार २ सय ३७ सय पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ३ लाख २९ हजार ३ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।