नेपाल आइपुग्यो मोडर्नाको खोप, पुस ४ गतेबाट पहिलो मात्रा लगाईने

काठमाडौं, २३ मंसिर । अमेरिकी कम्पनी मोडर्नाको कोरोना विरुद्धको करिब १५ लाख मात्रा खोप बिहीबार नेपाल आइपुगेको छ। यो खोप कतार एयरवेजले दिउँसो ३ बजे काठमाडौं ल्याएको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका बरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले गाभी र कोभ्याक्स सुविधामार्फत बिहीबार मोडर्नाको १४ लाख ९८ हजार ६ सय मात्रा खोप आएको बताए।
विभागले सो खोप टेकुस्थित केन्द्रीय भण्डारकक्ष र त्रिभुवन विमानस्थलस्थित भण्डारकक्षमा राखिएको जानकारी दिएको छ।
अधिकृत थापाका अनुसार यसपछि आइतबार पनि मोडर्नाकै १९ लाख ६५ हजार ६ सय मात्रा खोप फेरि आउँदैछ।
आइतबार आउने खोपसँगै मोडर्ना खोपको कूल मात्रा ३६ लाख ५१ हजार ६ सय हुनेछ। गएको शुक्रबार पनि मोडर्नाको १ लाख ८८ हजार मात्रा खोप आएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स सुविधाअन्तर्गत पाएको मोडर्नाको खोप स्कुलहरूमै खोप केन्द्र राखेर १८ वर्षभन्दा मुनिका बालबालिकालाई आगामी पुस ४ गतेबाट लगाइने जनाएको छ।
काठमाडौं, २३ मंसिर । अमेरिकी कम्पनी मोडर्नाको कोरोना विरुद्धको करिब १५ लाख मात्रा खोप बिहीबार नेपाल आइपुगेको छ। यो खोप कतार एयरवेजले दिउँसो ३ बजे काठमाडौं ल्याएको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले गाभी र कोभ्याक्स सुविधामार्फत बिहीबार मोडर्नाको १४ लाख ९८ हजार ६ सय मात्रा खोप आएको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स सुविधाअन्तर्गत पाएको मोडर्नाको खोप स्कुलहरूमै खोप केन्द्र राखेर १८ वर्षभन्दा मुनिका बालबालिकालाई आगामी पुस ४ गतेबाट लगाइने जनाएको छ।पुस ४ गतेबाट मोडर्ना खोपको पहिलो मात्रा लगाईने