गत २४ घन्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप २ जनाको मृत्यु
काठमाडौं,२३ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ९ हजार ४ सय ५१ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार १८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ४ सय ३३ एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २३ हजार ५ सय ५४ र एन्टीजेन विधिबाट ९५ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय २९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ५ हजार ९ सय पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ३ लाख ३७ हजार १ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।