बिहीबार उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको खोप लगाइँदै 



Download our app to get more features

काठमाडौं,२३ मंसिर । बिहीबार उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने भएको हो । 

काठमाडौं र ललितुपरका खोप केन्द्रमा बिदाको दिनबाहेक बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म निशुल्क खोप लगाइने छ भने भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने छ।

मन्त्रालयले नजिकको तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । 

खोप केन्द्रहरु

Last modified on 2021-12-09 14:07:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts