१५ कलेजलाई नर्सिङ प्रमाणपत्र तहमा भर्ना नलिन सीटीईभीटीको निर्देशन
काठमाडौं,२२ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी ले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।
बुधबार सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै शैक्षिक सत्र २०७८(०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।
सीटीईभीटीले १५ वटा कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णय प्रतिकुल हुने बताएको छ ।
Last modified on 2021-12-08 15:35:37