डा. संगीता मिश्रले सम्हालिन स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी



Download our app to get more features

काठमाडौं, २२ मंसिर । डा. संगीता मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी आजदेखि सम्हालेकी छिन्।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. मिश्रलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरुवा गर्दै महाशाखा प्रमुखको रुपमा जिम्मेवारी दिएको थियो। 

उनले बुधबार प्रमुखको रुपमा पदबहाली गर्दै जिम्मेवारी सम्हालेकी हुन्। प्रसूतिगृहबाट डा. मिश्रलाई सरुवा गरेपछि डा अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts